- रौतहटको बडहर्वा बाट काठमाडौं जाँदै गरेको बसले ठक्कर दिदा सर्लाहीको छटौना सशस्त्र वेस क्याम्पमा कार्यरत रहेका ४० बर्षिय सशस्त्र प्रहरी निरीक्षक बिजय तुलाधरको मृत्यु भएको हो ।
सर्लाही सर्लाहीमा बसको ठक्करबाट सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ ।
रौतहटको बडहर्वा बाट काठमाडौं जाँदै गरेको बसले ठक्कर दिदा सर्लाहीको छटौना सशस्त्र वेस क्याम्पमा कार्यरत रहेका ४० बर्षिय सशस्त्र प्रहरी निरीक्षक बिजय तुलाधरको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरिक्षक रबीन्द्रबहादुर सिंहका अनुसार काठमाडौंका लागि छुटेका बा–प्रदेश–०१००६ख २००४ नम्वरको यात्रुबाहक बसले ठक्कर दिदा सशस्त्र प्रहरी निरीक्षक तुलाधर गम्भीर घाइते भएका हुन ।
गम्भीर घाइते तुलाधरलाई प्रादेशिक अस्पताल मलंगवामा उपचारको लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको उनले जानकारी दिए ।फिल्ड गस्तीबाट क्याम्प तर्फ फर्किदै गरेको अवस्थामा गएको बेलुका करिब ८ बजे बेस क्याम्प अगाडी नै बसले ठक्कर दिएको उनले बताए ।
ठक्कर दिने बसका सहचालक सर्लाही धनकौल गाउँपालिका वडा नम्वर १ का २२ वर्षीय बिकास कुमार बैठा, बलरा नपा १० का १९ वर्षिय अजित बैठा र बलरा १० कै २३ वर्षीय प्रेम शङ्कर यादवलाई नियन्त्रण लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
काठमाडौं महानगरपालिका निवासी तुलाधरको शवलाई प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।